आज थप ४०४७ जनामा कोरोना पुष्टि, १४७३ जना संक्रमणमुक्त
काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ११ हजार ८ सय २ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ७३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७५ हजार ८ सय ४ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ५ सय३० जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १९ हजार ९ सय ५७ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ४५ पुगेको छ ।
प्रतिकृया दिनुहोस्