सिंगो सहरको कोरोना परीक्षण गर्दै चीन
बेइजिङ – चीनले पाँच दिनमा सिंगो सहरका बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ।
क्विङदाओ सहरमा एकै पटकमा ९० लाख जनसंख्याको परीक्षण गर्न लागिएको हो। सहरमा कोरोनाका केही नयाँ संक्रमित भेटिएपछि व्यापक परीक्षणको योजना बनाइएको हो। विदेशबाट आइ स्थानीय अस्पतालमा उपचाररत केही व्यक्तिमा संक्रमण देखिएको थियो। सहरमा नयाँ ६ वटा र लक्षणरहित ६ वटा केस फेला परेका छन्। ती सबै एकै अस्पतालसँग सम्बन्धित छन्।
संक्रमण फैलन नदिन मास–टेस्टिङमा जाने निर्णय गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। क्विङदाओका स्वास्थ्य आयुक्तलाई उधृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार पाँचवटा क्लस्टर छुट्याएर सहरका सबै बासिन्दाको परीक्षण गर्ने तयारी भइरहेको छ।
अस्पतालका कर्मचारी र बिरामी गरी १ लाख १८ हजार ८६२ जनाको अगावै परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समाचारमा जनाइएको छ।
प्रतिकृया दिनुहोस्