लकडाउनका कारण बन्द ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारण हुदैँ
काठमाडौं – लकडाउनका कारण बन्द भएको चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज सोमबारबाट प्रसारणमा आउने भएको छ । शा संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन् ।
पहिले भन्दा केही परिस्कृत भएर आउन लागेको शोको आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिदै छिन् । पहिले भन्दा अवको शो केही नयाँ शैलीबाट आउने जीतुले बताएका छन् ।हास्य श्रृखला ‘जिरो खुसार्नी’बाट मुन्दे्रको परिचय बनाएका जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’का ४ भाग हालै सुटिङ गरेका हुन् ।अवको शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला भने अध्यक्षको रुपमा देखिने छैनन् । उनको ठाउमा अभिनेत्री करिष्मा मानन्धर देखिन लागेकी छन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति समेत रहनेछ ।
प्रतिकृया दिनुहोस्