December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

रुपन्देहीमा कोरोना संक्रमित एक जनाको मृत्यु

बुटबल–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए।

यही असोज १९ गते कोरोना पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० का संक्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० जना पुगेको छ।रासस

शीर्ष समाचार

धेरै पढिएको