July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

चाडपर्व विशेष सुरक्षा योजना : सुदूरपश्चिममा पाँच हजार प्रहरी परिचालन

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाड पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ।

प्रदेशको सुरक्षा व्यवस्थालाई भरपर्दो एवं मर्यादित बनाउनका लागि वडा दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो।  सुरक्षा योजनाअनुसार चाडपर्वको समयमा समाजमा हुने सामाजिक विकृतिदेखि सामाजमा घट्न सक्ने जघन्य अपराध समेतको न्यूनीकरणका लागि छुट्टाछुट्टै विशेष टोली गठन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेस कुमार सिंहका अनुसार गठन गरिएका टोलीको प्रत्यक्ष रुपमा सञ्चालन र नियमन प्रदेश प्रहरी कार्यालयले गर्ने व्यवस्था गरिएको छ। चाडपर्वका बेला प्रदेशभरी ७८ जना सादा पोशाकका प्रहरी कर्मचारीहरू परिचालन गरिने व्यवस्था मिलाइएको छ।  बैंक तथा वित्तीय संस्थाहरु र सुनचाँदीको कारोबार हुने स्थानहरूलाई मात्रै लक्षित गरी प्रदेशभरि १३३ जना प्रहरी परिचालन हुनेछन्, उनले भने, ‘दुर्घटना न्यूनीकरणका लगि २०८ जना प्रहरी कर्मचारीहरु विभिन्न स्थानमा खटिनेछन्।

‘ यात्रुलगायत समस्यामा परेका व्यक्तिहरुको सहजीकरणका लागि प्रदेशका ४० ठाउँमा हेल्प डेस्क स्थापना गरिएको उनले बताए।  उपभोक्ताको हक हित संरक्षणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाउने रणनीति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लिएको छ।

कोभिड १९ को संक्रमणको जोखिमलाई कम गर्न छुट्टै विशेष योजनासमेत बनाई कार्यान्वयन गरिएको प्रवक्ता सिंहको भनाइ रहेको छ।

शीर्ष समाचार

धेरै पढिएको