June 5, 2023, Monday
२०८० जेष्ठ २२, सोमबार
KN hd tv

आज थपिए २ हजार ७१ कोरोना संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ५२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७५ हजार ८ सय ४ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १७ हजार ६ सय ६६ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ३६ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको