अफगानिस्तामा तालिबानद्वारा दश सैनिक र तीन सर्वसाधारणको हत्या

काबुल– अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन्। सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन्। त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन्।

अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो। उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो। सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

शनिबार साँझपख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए। बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कयौँ सैनिक घाइते छन्।