March 30, 2023, Thursday
२०७९ चैत्र १६, बिहीबार
KN hd tv

४० औं विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाण्डौ – ‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ। आज कृषि प्रविधि र प्रयोग, रैथाने खाना, पर्यटन लगायतका विषयमा अन्तर्क्रिया हुनेछ । त्यस्तै भोलि कोराेना, खाना र खेतीबालीकाे विषयमा छलफल हुने भएको छ । 

कृषिका मुद्धा बिहीबार खाना र खेतीबाली : ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तर्क्रिया हुने कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिनुभयो ।

विभागका महानिर्देशक गोविन्द प्रसाद शर्माले रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदाे १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको