September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

गण्डकीमा थप दुई संक्रमितको मृत्यु

बागलुङ – गण्डकी प्रदेशमा कोरोना संक्रमण भएका थप दुई जनाको मृत्यु भएको छ।

स्याङ्जा जिल्ला आँधिखोला–६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षीया पुरुष र पूर्वि नवलपरासीको गैंडाकोट १ का ३६ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। स्याङ्जाका पुरुषको पोखरा स्थित गण्डकी मेडिकलमा शुक्रबार राति करिब ११:३० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। उनलाई हिजै कोभिड– १९ संक्रमण पुष्टि भएको थियो। उनको मिर्गौला, मुटुरोग लगायतका समस्या थिए। 

गैँडाकोटका पुरुषको हिजो दिउँसो करिब ३:५५ बजे कलेज अफ मेडिकल साइन्स, चितवनमा मृत्यु भएको  हो। उनलाई असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। उनमा पनि दिर्घ रोगहरुको मस्या रहेको मेडिकल कलेजलाई उदृद गर्दै निर्देशनालयले बिज्ञप्तीमा उल्लेख गरेको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

शीर्ष समाचार

धेरै पढिएको