September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

आज विश्व दृष्टि दिवस विभिन्‍न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – आज अक्टोबर आठ तारिख अर्थात् विश्व दृष्टि दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदै छ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा पनि विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ। अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताए।

आँखामा सानो हेलचेक्रयाइँ गर्दासमेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्ने उनले बताए। आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उनको भनाइ छ। मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्काले बताए। 

नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका बिरामीले विशेष ख्याल गर्नुपर्ने बताए।

शीर्ष समाचार

धेरै पढिएको