भालुबाङको मुहार फेरिँदै
दाङ – लुम्बिनी प्रदेशको राजधानी बनेको दाङको भालुबाङ बजारको स्वरुप नै फेरिएको छ। बुधबार नेपालको झन्डाहरु लगाइएको छ,भने स्वागतद्वारसमेत बनाइएको छ। साथै उत्सव तथा स्वागत कार्यक्रम गरिएको छ।
अहिले प्रदेश ५ (लुम्बिनी) को राजधानी दाङमा आइसकेपछि भालुवाङका नागरिक धेरै खुसी छन्। तर, राजधानीसँगै भौतिक पूर्वाधारसँगै त्यहाँ रहेका स्थानीयका समस्या समाधान कहिले हुन्छ भन्ने पखाइमा छन्। कतिपय नागरिकलाई भौतिक पूर्वाधार विकासको चिन्ता छ। उद्योगी ब्यवसायलाई औद्योगिक विकासको चिन्ता छ, भने लालपुर्जा नभएकालाई लालपुर्जाको चिन्ता छ। त्यति मात्र नभई विद्यार्थीलाई सुविधा सम्पन्न स्कुल तथा कलेजको चिन्ता छ। यस्तै, समस्याको समाधान भालुवाङका नागरिकहरुले चाहेका छन्। स्थानीय रत्ना श्रेष्ठले स्थायी राजधानी भालुवाङमा भनेर नपुग्ने भन्दै २०३४ सालदेखि बसोबास गर्दै आएका यहाँका नागरिकहरुलाई लालपुर्जाको ब्यवस्थादेखी धेरै कामहरु गर्नुपर्ने उनले बताइन्। ‘भालुबाङ व्यापारी केन्द्र बनेको छ।
तर अहिलेसम्म हातमा लालपुर्जा छैन्,’ उनले भनिन्,‘ हामीले यहाँ राजधानी आउँछ, भनेर पनि बसेका होइनौँ। तर अब सबै समस्या समाधन हुन्छ भन्ने विश्वास छ।’ त्यस्तै, अर्का स्थानीय दशरथ घिमीरेले लुम्बिनी प्रदेशको राजधानी दाङ बनेकोमा सबै खुशी भएको बताए। उनले राजधानी तोकिए पछि यही ठाउँबाट सेवा दिनु पर्ने बताए। ‘राजधानी त दाङको भालुवाङ भयो , तर यहाँ अहिले भौतिक संरचना छैनन् भने, पुरानै ठाउँबाट सेवा दिए। त्यो राजधानी कागजमा मात्र हुन सक्छ,’उनले भने,‘ त्यसैले नयाँ ठाउँमा आएको राजधानीसंगै भौतिक संरचनाहरु पनि सँगसँगै बनाउनुपर्छ। ’
यस ठाउँमा राजधानी भएको हुँदा अब यस ठाउँको मुहार फेरिनेसमेत उनले बताए।
प्रतिकृया दिनुहोस्