July 1, 2022, Friday
२०७९ असार १७, शुक्रबार
KN hd tv

डा केसीका प्रतिनिधि र सरकारबीच छलफल जारी

काठमाडौं–चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले बुधबारदेखि संवाद सुरु गरेको छ। डा केसी अनशन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। सिंहदरबारमा दुई पक्षबीच संवाद जारी छ। मंगलबार दुई पक्षले वार्ता टोली गठन गरेका थिए।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेलगत्तै केसी पक्षको वार्ता टोली बनेको थियो। डा केसीको पक्षबाट डा जीवन क्षेत्रीले वार्ताको नेतृत्व गरेका छन्। केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको थियो।

१९ औं पटकको अनशन डा केसीले जुम्लाबाट सुरु गरेका थिए। जुम्लाबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आएर उनले अनशनलाई निरन्तरता दिएका छन्। ६ बुँदे मागसहित अनशनरत डा केसीको स्वास्थ्य अवस्था विग्रदै गएको छ।

यी हुन् केसीका माग 
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्।  गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

३. हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरीद काण्डलगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुनबमोजिम छानविन र कारबाही गरियोस्।

शीर्ष समाचार

धेरै पढिएको