May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

डा केसी निस्वार्थी सत्याग्रही हुनुहुन्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा गोविन्द केसीको निस्वार्थी भएको कुरामा कुनै शंका नभएको बताएका छन्।

‘के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो’, फेसबुकमा श्रेष्ठले लेखेका छन्, ‘उहाँको जीवन महत्त्वपूर्ण छ र यतिबेला सरकार, उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ।’

श्रेष्ठले डा केसीले अनसनका लागि रोजेको समयप्रति भने असन्तुष्टि व्यक्त गरेका छन्। ‘डा केसीसँग कैयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि। सबै मिलेर कोरोनाको विरुद्ध जुझ्नुपर्ने बेलामा यसपटक अनसनको समयका बारेमा सोच्नुपर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ’, उनले लेखेका छन्।

उनले वार्ता टोली गठन भएको र सकारात्मक निष्कर्ष निस्कने आशा व्यक्त गरेका छन्। ‘सरकारले हिजो डा केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ। समाधान हुनेछ’, उनको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको