March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

सदस्यलाई कोरोना देखिएपछि कांग्रेसमा विवाद अन्त्यको संवाद अवरुद्ध

काठमाडौं– केन्द्रीय समितिका केही सदस्यलाई कोरोना संक्रमण देखिएपछि कांग्रेस विवाद अन्त्यको संवाद प्रक्रिया अवरुद्ध हुन पुगेको छ।

पार्टीको विवाद अन्त्य गरि महाधिवेशन केन्द्रित हुने गरि डाकिएको केन्द्रीय समितिलाई स्थगित गरि आइतबार (असोज २५) लाई सारिएको छ। गत शनिबार केन्द्रीय कार्यालयमा तीनै पक्षका नेताबीच विवाद अन्त्यका लागि बैठक बसेको थियो। शनिबारको बैठक सहमतिमा पुग्न नसकेपछि गत आइतबार बस्ने गरि टुंगिएको थियो। तर, शनिबार साँझ संक्रमणको नतिजा आएसँगै आइतबारको बैठक बस्न सकेन। आगामी आइतबार बस्ने केन्द्रीय समिति बैठकअघि शीर्ष तहका नेताबीच पुनः संवाद हुनेबारे यकिन नभएको बताइएको छ।

विभाग गठन र विस्तार, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, मनोनित केन्द्रीय सदस्य लगायतमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाउँदै आएको छ।

शीर्ष समाचार

धेरै पढिएको