July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

नारायणी नदीमा गैंडा मृत फेला

चितवन – नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ। चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो। डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको रामले जानकारी दिए।

निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित छ। पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन्।

यो आर्थिक वर्षमा आठवटा गैंडा मृत भेटिएका छन्।

शीर्ष समाचार

धेरै पढिएको