November 29, 2023, Wednesday
२०८० मंसिर १४, बिहीबार
KN hd tv

मकवानपुरमा थपिए ५८ जना कोरोना संक्रमित

काठमाडौं – मकवानपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्। किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ पुरुष र २० महिलामा संक्रमण पुष्टि भएको हो। 

हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले गएराति सार्वजनिक गरेको विवरण अनुसार ९७ जनाको स्वाब परीक्षण गर्दा ५८ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितमध्ये अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रैका रहेको जनस्वास्थ्य निरक्षिक भोला चौलागाइँले जानकारी दिए। 

शीर्ष समाचार

धेरै पढिएको