March 22, 2023, Wednesday
२०७९ चैत्र ८, बुधबार
KN hd tv

हङकङले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगायो

काठमाडौं- हङकङले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको छ ।

द साउथ चाइना पोष्टका अनुसार नेपाल एयरलाइन्सबाट हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि हङकङले दुई साता उडान हुन नदिने निर्णय गरेको हो ।

हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेवल डिजिज् ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानका अनुसार नेपाल एयरलाइन्सले लापरबाही गरेकाले अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाइएको हो।

हङकङमा सोमबार भेटिएका ११ जनामध्ये ६ जना नेपालबाट गएकासहित सात विदेशी थिए ।

हङकङमा संक्रमण पुष्टि भएका उनीहरू अक्टोबर ३ मा नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए ४०९९’ बाट गएका थिए । ३० देखि ७२ वर्ष उमेरका उनीहरू चार महिला र दुई पुरूष हुन् ।

कोरोना महामारीकाबीच विभिन्न मुलुकहरूले कोरोना नेगेटिभ भएकाहरूलाई मात्र यात्रा गर्न दिदै आएका छन् । यात्राअघि पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको