September 28, 2023, Thursday
२०८० आश्विन ११, बिहीबार
KN hd tv

डा.केसीको माग छिटो सम्बोधन गर्न नेता कोइरालाको सरकारसँग आग्रह

काठमाडौँ- कांग्रेस नेता डा.शेखर कोइरालाले २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै १९औँ पटक अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजिक बन्दै जाँदा कांग्रेस नेता कोइरालाले केसीका मागप्रति राज्य निक निर्मर र कठोर बनेको भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबार ट्वीट गर्दै कोइरालाले भनेका छन्,’गोविन्द केसीको मागप्रति राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’

भदौ २९ मा जुम्लबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नु पर्ने लगायतका विभिन्न ६ बुँदे मागसहित अनसन बसेका उनको स्वास्थ्य जटिल बन्दै गएपछि सरकारविरूद्ध प्रदर्शनसमेत हुन थालेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको