September 29, 2022, Thursday
२०७९ आश्विन १४, शुक्रबार
KN hd tv

बुटवलमा थप दुई जना संक्रमितको मृत्यु

बुटवल – बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा कोभिड–१९ संक्रमणबाट थप २ जनाको भएको छ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन्‌। नवलपरासीका पुरुष गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन अस्पतालमा भर्ना भएका थिए। दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको गएराती १२ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो। त्यस्तै, बुटवल–९ की ५५ वर्षीया महिला गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन।

उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको डा.गौतमले बताए। सुख्खा खोकी र उच्च ज्वरो आएको भएपनि ती महिलामा अरु कुनैपनि दीर्घरोग देखिएको थिएन। हालसम्म रुपन्देहीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा २६ जना र लुम्बिनी प्रादेशिक अस्पतालमा ५ जनाको मृत्यु भएको हो।

शीर्ष समाचार

धेरै पढिएको