नेपाल बैंकमा एक जना सञ्चालक थप्ने प्रस्ताव पारित

काठमाडौं-नेपाल बैंकले सोमबार सर्वसाधारण समूहबाट एक जना सञ्चालकको प्रतिनिधित्व थप्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ। बैंकले सोमबार बैंकको केन्द्रीय कार्यालयमा विशेष साधारणभा सम्पन्न गरेको हो।

उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्वसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित हुने २ जनाबाट वृद्धि गरी ३ कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गरिएकाे छ।

साथै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको हो।