प्रदेश ५ को राजधानी विवादः सचिवालयमा एउटामात्र संशोधन दर्ता
काठमाडौं–प्रदेश ५ को राजधानीको विषयमा प्रदेश सभा सचिवालयमा एउटामात्र संशोधन दर्ता भएको छ। सोमबार सभामुख पूर्ण घर्तिले संशोधन हाल्नका लागि १८ घन्टाको समय दिएको घोषणा गरेका थिए।
नेपाली काग्रेसकी सांसद रमा अर्यालले राजधानी दाङको भालुवाङ सार्ने निर्णय संशोधन हुनपर्ने माग गर्दै संशोधन हालेकी हुन्। प्रदेश ५ को नाम लुम्विनी राख्नेमा भने उनको सहमति थियो। उक्त प्रस्तावमा उनले संशोधन हालेकी छैनन्।
राजधानी अहिले रहेको वुटवलमै उपयुक्त रहेको जिकीर अर्यालको संशोधन प्रस्तावमा गरिएको छ। प्रदेशको राजधानी राख्ने विषय प्रदेश सभाको अधिकार भएपछि नेकपाले केन्द्रबाट गैरसंवैधानिक रुपमा निर्णय गरेको जिकीर उनको छ।
प्रतिकृया दिनुहोस्