April 1, 2023, Saturday
२०७९ चैत्र १८, शनिबार
KN hd tv

बितेको २४ घण्टामा देशभर थपिए २ हजार ४४० संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६५ हजार २ सय २ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १२ हजार ३ सय १६ रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको