September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

काठमाडौँमा १ हजार १७८ सहित उपत्यकामा थपिए १ हजार ५३१ संक्रमित

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना रहेका छन् ।

यस्तै शनिबार १५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेका थिए ।

योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ३१ हजार ७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको