उपत्यकामा आज थप १५९९ जनामा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ आश्विन १८
काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेका छन् ।
यस्तै शनिबार ११ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका थिए ।
योसहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २९ हजार ४ सय ७६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ?
- हमास–इजरायलले थप ३८ बन्दी छाडे, कहिले छुट्लान् नेपालका विपिन जोशी ?
- पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
- प्रधानमन्त्री प्रचण्ड आज दुबईमा के–के कार्यक्रममा हुँदैछन् सहभागी ?
- एमालेको ‘मध्यपहाडी लाेकमार्ग संकल्प यात्रा’ शुरु (तस्वीरहरु)
प्रतिकृया दिनुहोस्