June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो ।

चितवन राष्ट्रिय निञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पक्षी दृश्यावलोकन खुला भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिप सफारीका लागि बाटो मर्मत गर्दैछौँ, दशैँअघिसम्म सञ्चालनको तयारीमा छौँ ।” उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताउनुभयो ।

निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला भइसकेका छन् । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । उहाँले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताउनुभयो । असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ ।

यस वर्ष पर्यटकीय गतिविधि शून्य छ । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताउनुभयो । उहाँले दशैँतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिनुभयो ।

सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उहाँले बताउनुभयो ।

शीर्ष समाचार

धेरै पढिएको