July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

काठमाडौँ उपत्यकामा आज थप १६३८ जनामा कोरोना पुष्टि

काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १ हजार २ सय ८०, ललितपुरमा १९६ र भक्तपुरमा १६२ जना रहेका छन् ।

यस्तै बिहीबार ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २६ हजार ७ सय ३८ पुगेको प्रवक्ता डा। गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको