December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण

गुल्मी – गुल्मीदरवार गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिएको छ। गाउँपालिकाको सातवटै वडाका ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको  घरमै गएर स्वास्थ्य जाँच गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए।

स्वास्थ्य संस्थासम्म पुगेर स्वास्थ्य परीक्षण गर्न नसक्ने, अशक्त ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा दिइएको हो। गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्ने र परीक्षण गरिएको स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद अर्यालले बताए। गाउँपालिकामा ७० वर्षभन्दा बढी उमेरका एक हजार ३०० जना ज्येष्ठ नागरिक छन्। 

यसैबीच गाउँपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा ९० वर्ष कटेका ५१ जनालाई  रेडियो दिएर सम्मान गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको