डा. केसीलाई भेट्न अस्पताल पुगे पूर्व राष्ट्रपति यादव
काठमाडौं – पूर्व राष्ट्रपति रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन्।
शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर उनले केसीलाई भेटेका हुन्। उनले डा. केसीलाई भेटे्दै देशका लागि यस्ता अभियन्ता चाहिने बताएका छन्। उनले आमजनताको मागलाई केसीले बोकेको भन्दै उनका मागबारेमा गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्।
डाक्टरको केसीको स्वास्थ्यबारेमा चिन्ता गर्दै उनले यसबारेमा सबैलाई गम्भीर हुन अपिल गरे। उनले केसीको उपचारमा गम्भीरतापूर्वक लाग्न पनि चिकित्सकलाई आग्रह गरे। उनले चिकित्सकहरुलाई डाक्टर केसी राष्ट्रको अमूल्य सम्पत्ति भएकाले बचाउन अपिल गरेका छन्। यादवले केसीको उपचार र निगरानीमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मीको पनि प्रशंसा गरेका छन्।
उनले त्यसक्रममा यसबारेमा सरकारले गम्भीर हुनुपर्ने आग्रह गरे। केसीका माग पूरा गरेर चाँडो भन्दा चाँडो अनसन तोडाउन पनि उनले अपिल गरेका छन्।
प्रतिकृया दिनुहोस्