September 25, 2023, Monday
२०८० आश्विन ८, सोमबार
KN hd tv

काठमाडौँ उपत्यकामा आज थपिए ९ सय २ जना कोरोना संक्रमित

काठमाडौँ – काठमाडौँ पत्यकामा पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६९७ , ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना रहेका छन् ।

यस्तै मंगलबार ९ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २४ हजार १ सय ५७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको