March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

शेयर बजारमा अल्पकालीन लगानी गर्न आएकाहरू बाहिरिँदै

काठमाडौं– शेयरमा बजारमा बुधबार ३.१९ अंकको करेक्सन सहित १५५०.४३ अंकमा बन्द भएको छ। केही समयदेखि दोस्रो बजारमा करेक्सन भइरहेको छ। कारोबार सुरु भएदेखि रातो देखिएको शेयर बजारमा ८९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै ६१ वटा कम्पनीको मूल्य भने बढेको छ।

लगानीकर्ताले नाफा बुक गर्नुका साथै चालु आर्थिक वर्षको पहिलो त्रैमाशका लागि व्याज, किस्ता र करका लागि शेयर बिक्री गरिरहेका छन्। अन्यन्त्र लगानी गर्न बसेका लगानीकर्ताले केही समय अगाडि दोस्रो बजारमा  लगानी गरेका थिए। कोभिड- १९ को प्रभाव नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो बनाउदै गर्दा उनीहरूले शेयर बिक्री गरेर बाहिरिन खोजिरहेका छन्। 

चीन तथा भारतबाट सामान आयात गर्नेले सामान ल्याउन नसक्दा उक्त पैसा शेयर बजारमा भित्रिएको थियो। तर अवस्था सामान्य हुँदै गएपछि बजारबाट उनिहरु बाहिरिने क्रम बढेको छ। यसै क्रममा बजारमा करेक्सन सहित घट्न क्रम जारी छ। 

शीर्ष समाचार

धेरै पढिएको