सुदूरपश्चिममा घट्यो कोरोना सङ्क्रमण, जनजीवन सहज बन्दै
डोटी- दुई महिनाअघिसम्म कोरोना विस्फोटक?पमा कोरोना सङ्क्रमणमा वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय सङ्क्रमित छिट्टै निको पनि भएका छन् ।
यहाँका नौवटै जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार पछिल्लो समय यो प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या पाँच हजार ९२९ पुगेको छ । कोरोनाकै कारण सुदूरपश्चिम प्रदेशमा ११ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय निको हुने दरमा उल्लेख्यमात्रामा वृद्धि भएको निर्देशनालयले जनाएको छ ।
सो स्वास्थ्य निर्देशनालयका अनुसार यहाँ एक समय करिब सात हजार सङ्क्रमित पुगेका थिए । तर अहिले भने सक्रिय सङ्क्रमितको सङ्ख्या बढीमा एक हजार मात्र रहेको छ । उनीह? पनि निको हुने क्रममा रहेका चिकित्सकह? बताउँछन् । यहाँका कतिपय गाउँपालिका पछिल्लो समय कोरोनामुक्त गाउँपालिका भनेर घोषणा पनि गरेका छन् । डोटीको बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त गाउँपालिका भएको छ । कोरोना सङ्क्रमित निको हुने दर बढेसँगै यहाँका गाउँघरको जनजीवन पुनःसामान्य बन्दै गएको पनि स्थानीयवासीह? बताउन थालेका छन् । केही समयअघि यो गाविसमा एकैपटक १३ जना सङ्क्रमित थिए ।
भारतबाट आएका उनीह?सँगै अ? पनि निको भएर घर फर्र्किएका बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीका अनुसार हालसम्म कैलालीबाट एक हजार ३३१, डोटीका ९५२, अछामका ७९५, कञ्चनपुरका ६१६, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका २८० र दार्चुलाका ४१ जना कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किएका छन् । यहाँका नौवटै जिल्लाका करिब एक हजार जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
बाँकीको विभिन्न अस्पताल तथा आइसोलेशन राखेर उपचार हुँदै गरेको निर्देशक डा अवस्थीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्