June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

आज थपिए १५१३ कोरोना संक्रमित, १० जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५५ हजार ३ सय ७१ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १० हजार ७ सय ७ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको