कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव बर्मा मृत भेटिए
- Khabar Nirantar
- २०७७ आश्विन १३
कपिलवस्तु – असोज १३ , कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव राघबेन्द्र बर्मा मृत भेटिएका छन्।
यशोधरा गाउँ पालिकाको खोरियास्थित वाणगंगा नदीको किनारमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। बर्माले जिल्ला सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए।
शनिबार साँझ उनी घुम्न भनी घरबाट निस्केका थिए। राती अबेरसम्म नफर्केपछि परिवारजनले खोजतलासका लागि प्रहरीमा खबर गरेका थिए।
शीर्ष समाचार
- गगन थापाको प्रश्न: सरकार किसानलाई क्षतिपूर्ती दिन्छु भन्छ तर दिदैँन, के अप्रिय निर्णय कुरेको हो?
- सूचनाको हकको प्रत्याभूतिसँगै समाजमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री
- बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने
- सोवितालाई गृहमन्त्री बनाउने रविको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार
- रास्वपाको समर्थन फिर्ताबारे प्रचण्डको प्रतिक्रिया : सहकार्य नटुटोस् भन्ने पक्षमा छौं
प्रतिकृया दिनुहोस्