December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

पुनर्कर्जाकाे लागि आवेदन दिने म्याद असोज ३० गतेसम्म थपियो

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन दिने म्याद थपेको छ । यसअघि असोज १४ गतेसम्म पुनर्कर्जाको आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको राष्ट्र बैंकले लकडाउन र निषेधाज्ञाको कारण असोज ३० गतेसम्म म्याद थपिएको जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइ सकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो । 

पुनर्कर्जा कोषमार्फत बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित ऋणीसँग तीनदेखि पाँच प्रतिशतसम्म मात्रै ब्याजदर असुल्न पाउनेछन् ।  

 

शीर्ष समाचार

धेरै पढिएको