March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

युएईमा अलपत्र नेपालीको चित्कार: “हामीलाई दूतावाससम्म पु¥याइदिनू”

दोहा– युनाइटेड अरब इमिरेट्स (युएई) मा विगत सात महिनादेखि अलपत्र नेपाली परेका १७ जना नेपाली भोकभोकै सडकमा बस्न बाध्य भएका छन् ।

स्वदेश फर्किन दुबई विमानस्थल पुगेपछि जरिवाना तिर्न नसकेर विमानस्थलमै अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युएईले खानबस्नको व्यवस्था गरेको थियो ।

हालै एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाले अब पाल्न नसक्ने भन्दै कोठा छोडेर जना दबाब दिएको पीडितहरूले बताएका छन् ।

यसघि उद्धार गरेर राखे पनि अहिले हामी केही गर्न सक्दैनौँ भन्दै खान समेत बन्द गरेर एनआरएनएका प्रतिनिधिहरू सम्पर्कविहीन भएको रुकुमका नवीन परियारले बताए ।

उनले भने, ‘विमानस्थलबाट उद्धार गरेको गैरआवासीय नेपाली संघले पनि हाम्रो साथ छोड्यो, अब कहाँ जानु, नेपाली दूतावासमा फोन गर्ने पैसा पनि छैन,’ नवीनले भने, ‘हामीलाई दूतावाससम्म पु¥याइदिनू, दूतावास र नेपाल सरकारले उद्धार गर्न सकेनन् भने प्रहरीलाई जिम्मा दिनु, युएई सरकारले जे गर्छ भोग्न तयार छौँ ।’

उनीहरूका अनुसार गत अगस्ट १० तारिखमा नेपाल फर्किन विमानस्थल पुगेको र सबै लगेज विमानस्थलमै छोडिएकोले शरीरमा लगाएको बाहेक अर्को लुगा पनि छैन । विमानस्थलबाट फर्केको साढे एक महिनाभन्दा बढी भइसकेको छ ।

‘घरबाट कहिले आउने भनेर फोन गर्छन्’ अर्घाखाँचीका कृष्णबहादुर गन्धर्वले  भने, ‘हामीले के जवाफ दिने, अब हामीलाई नेपाल सरकारले उद्धार गर्न चासो दिएन भने हाम्रो एकमात्र विकल्प सामूहिक आत्माहत्या गर्नु हो ।’

एनआरएनएले विमानस्थलबाट उद्धार गरेर ल्याए पनि अहिले अलपत्र छोडिदिएको कृष्णबहादुरले बताए । उनका अनुसार अर्का एक नेपाली उत्तम भण्डारीले दुईचार दिनसम्मको खाना दिने भनेका छन् । भण्डारीले पनि धेरै दिन खुवाउन नसक्ने भएकाले चाँडै नेपाल फर्काइदिन उनीहरूको आग्रह छ ।

एनआरएनएका प्रतिनिधिलाई फोन गर्दा सम्पर्क गर्न नचाहेको पनि उनीहरूको आरोप छ ।

शीर्ष समाचार

धेरै पढिएको