July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६३३ , ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना रहेका छन् ।

यस्तै शनिबार ७ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २१ हजार ५ सय ४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको