July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

आज थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय ८५ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५३ हजार ८ सय ९५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ७७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको