July 7, 2022, Thursday
२०७९ असार २३, बिहीबार
KN hd tv

देउवाले गरेका निर्णय फिर्ता गर्न माग

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले गरेका निर्णय फिर्ता गराउन मागसहित केन्द्रीय कार्यालयमा आइतबार पत्र दर्ता गराउने भएको छ।

विभाग गठन, क्रियाशील सदस्यता वितरण प्रक्रिया, मनोनित केन्द्रीय सदस्य र भ्रातृ संस्थाको म्याद थपका विषयमा असहमतिसहित पत्र दर्ता गराउन लागेको हो। पौडेल पक्षका २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पत्र दर्ता गर्न लागिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।

केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गराउन केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीलाई जिम्मेवारी दिइएको बताइएको छ।

शीर्ष समाचार

धेरै पढिएको