काठमाडौं महानगरमा मात्र कोरोना संक्रमितको संख्या ८ हजार
काठमाडाैं- कोरोना संक्रमण लगातार बढिरहेको छ। अहिले देशभरका सक्रिय संक्रमितमध्ये करिब आधाजति काठमाडौंमा हुन थालेका छन्। काठमाडौंमा हालसम्म १६ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये महानगरमा मात्र ८ हजार जनामा संक्रमण पुष्टि भएको छ। महानगरमा पहिचान नखुलेका संक्रमित ३ सय ६५ जना छन्।
भदौ १० गतेसम्म महानगरमा ६५ जना संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सवै बडामा संक्रमित संख्या सयमाथि पुग्न लागेको छ। भदौ १० गतेसम्म महानगरले उपलव्ध गराएको तथ्याकमा होम आइसोलेनमा बस्ने संक्रमितको संख्या वढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। हाल २ हजार ५सय २६ जना होम आइसोलेसनमा छन्।
सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८६ रहेको छ। संस्थागत आइसोलेनमा ६ सय ९८ र अस्पतालमा ४ सय ६२ जना रहेका छन्।
प्रतिकृया दिनुहोस्