December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ ३ घरलाई स्थानान्तरण गरियो

म्याग्दी– पहिरोको उच्च जोखिममा रहेका म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरिएको छ ।

कालीगण्डकी नदीको किनारको बस्तिमा माथिको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयलाई सारिएको हो । पहिरोको उच्च जोखिममा रहेका कोप्चेपानीका २३ घरलाई नजिकैको भालेबास भन्ने ठाउँमा शनिबार सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

उनले भने, ‘बस्ती माथिको भिरमा जमिन चिरा परेर पहिरो खसेको हो । बस्तीनै पुरिने खतरा भएकाले स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको हो ।’ असार महिनादेखिनै सुरु भएको पहिरो पछिल्लो हप्ताको निरन्तर बर्षापछि थप सक्रिय भएको छ ।

स्थानीयको व्यक्तिगत जग्गामा टहरा बनाएर अस्थाई बसोबासको ब्यवस्था मिलाइएको छ । सबै परिवारलाई एक/एक वटा त्रिपालले छाएको टहरा बनाएर राखिएको छ । जिल्ला प्रशासन कार्यालयले १५ थान त्रिपाल र एक रोल म्याट्रेस उपलब्ध गराएको छ । 

आठ वटा त्रिपाल उपलब्ध गराएको गाउपालिकाले प्रति परिवार एक÷एक वटा कम्बल सहयोग गर्ने र सार्वजनिक शौचालय बनाइदिने भएको छ । घरका महत्वपूर्ण कागजात, अन्नपात, लत्ताकपडा सहित महत्वपूर्ण सामान टहरामा सारेका छन् ।

स्थलगत निरिक्षणका क्रममा जुनसुकै बेला पहिरो खस्न सक्ने देखिएपछि बस्तिनै स्थानान्तरणको योजना बनाइएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । उनले भने, ‘पहिरोबाट मानवीय र भौतिक क्षति हुन नदिन सतकर्ता अपनाएका हौ । 

शीर्ष समाचार

धेरै पढिएको