अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन ११
डडेल्धुरा – अछाममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। शनिबार साझ जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दा देविका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीका अनुसार डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल अछाम लगिएको थियो। उनको शव आइतबार नेपाली सेनाले व्यवस्थापन गर्दैछ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
शीर्ष समाचार
- धनुषामा भेटियो ८३ लाख रुपैंयाँले भरिएको बोरा
- प्रधानमन्त्री : कला, संगीत र नाट्य क्षेत्रको जगेर्ना गर्न सरकार प्रतिबद्ध छ
- त्रिभुवन विमानस्थलमा नाबालकको कपडाको बटन सुनको भेटियो
- इलाममा सात राउण्ड राइफलको गोलीसहित एक जना पक्राउ
- माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्