October 4, 2022, Tuesday
२०७९ आश्विन १९, बुधबार
KN hd tv

एनसिबीले सक्यो दीपिका पादुकोणसँगको बयान

मुम्बई–लागुऔषध प्रकरणमा लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी) ले बलिउड अभिनेत्री दीपिका पादुकोणसँगको बयान सकेको छ। बयान शनिबार सकिएको हो। दीपिकालाई एनसिबीको गेष्ट हाउसमा  उपस्थित गराएर बयान लिईएको थियो।

यही प्रकरणमा श्रद्धा कपुर र सारा अलि खानसँग पनि बयान लिइएको थियो। उनीहरुलाई  दक्षिण मुम्बईको एनसिबीको क्षेत्रीय कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो। दीपिकाका साथ उनका पति रणवीर सिंह पनि सँगै पुगेका थिए। यसका साथै एनसिबीले दीपिकाका म्यानेजर करिश्मा प्रकाशसँग पनि शनिबार ७ घण्टासँग बयान लिएको थियो। उनलाई आज आइतबार पनि बयानका लागि बोलाइएको छ।

यसबाहेक धर्मा प्रोडक्सनका म्यानेजर शितिज रविसँग पनि बयान लिइएको छ। उनलाई एनसिबीले पक्राउ पनि गरेको छ। सन् २०१७ मा दीपिकासँग च्याटमा ड्रग्स मागेको विषयमा उनलाई सोधिएको छ।

सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा उनकी प्रेमिका रिया चक्रवर्ती पक्राउ परेकी थिईन्। उनले बयानमा दीपिका, सारा र श्रद्धाको नाम लिएकी थिईन्।  बलिउड अभिनेता सैफ अली खानकी छोरी सारासँग एनसिबीले सोधपुछ गरेका थियो।

नले लागुऔषधको कुरा अस्वीकार गरेकी छन्। सुशान्तकी प्रेमिका रियाले ६ र ९ सेप्टेम्वरमा दिएको बयानमा,बयानमा साराको नाम लिएकी थिईन्।  रियापछि अब यी तीन अभिनेत्री एनसिबीको निगरानीमा छन्। 

पछिल्ला दुई महिनामा बलिउडमा लागुऔषधको कनेक्सनमा हाईप्रोफाइल कलाकारको नाम आइरहेको छ। एनसिबीले ती नामहरुमा अनुसन्धान गरिरहेको छ। 

शीर्ष समाचार

धेरै पढिएको