June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

प्रिमियर लिग फुटबल: एभर्टनको लगातार तेस्रो जित

काठमाडौं– एभर्टनले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो पटक जित निकालेको छ। शनिबार राति भएको खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम क्रिस्टल प्यालेसलाई स्तब्ध बनाउने क्रममा एभर्टनका डोमिनिक काल्भर्ट लेविन र रिचार्लीसनले गोल गरे। यता, क्रिस्टल प्यालेसका लागि चिखोउ कोउयटले गोल गरे। खेलको १०औं मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २६औं मिनेटमा कोउयटले गोल गर्दै क्रिस्टल प्यालेसलाई १–१ गोलको बराबरी दिलाए।

४०औं मिनेटमा पेनाल्टीबाट रिचार्लीसनले गोल गर्दै एभर्टनलाई २–१ गोलको अग्रता दिलाए। पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको एभर्टनले दोस्रो हाफमा पनि यही नतिजालाई कायमै राख्दै जित निकालेको हो।

शीर्ष समाचार

धेरै पढिएको