June 18, 2024, Tuesday
KN hd tv

यस्तो छ आजको आजको मौसम पूर्वानुमान

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र  कमजोर हुने क्रममा रहेको जनाएको छ ।

महाशाखाले हाल  प्रदेश न. १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा  मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

यस्तै, प्रदेश नं १ का  एक, दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको