June 2, 2023, Friday
२०८० जेष्ठ १९, शुक्रबार
KN hd tv

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ – आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो ।

आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।

सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको