काठमाडौँ उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित
- Khabar Nirantar
- २०७७ आश्विन ९
काठमाडौँ – उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेका छन् ।
यस्तै बिहीबार ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १९ हजार ९ सय ७१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- अनमोललाई पिता भुवनको शुभकामना–‘संसार जित्ने साहस राख्नु छोरा’
- म्यानमारमा ४० राजनीतिक दलको वैधानिकता समाप्त
- गठबन्धनको बैठक दिउँसो फेरि बस्ने, मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचण्डको आग्रह
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्