शुक्रबार थपिए १३ सय १३ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ५५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५१ हजार ८ सय ६६ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या १० हजार ५२ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ५९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्