March 23, 2023, Thursday
२०७९ चैत्र १०, शुक्रबार
KN hd tv

नारायणीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए

काठमाडौं – नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ। बिहान ११ बजे गण्डक ब्यारेजमा गरिएको मापनमा पानीको बहाव ३ लाख ३२ हजार क्यूसेक प्रति सेकेण्ड मापन गरिएको जल मापन केन्द्र वाल्मीकिनगरले जानकारी दिएको छ। 

पानीको बहाव बढेपछि गण्डक ब्यारेजका सवै ढोका खोलिएको छ। गए राती १ बजे देखि ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका लाईजन अफिसर तारा सिं थापा बताए। नारायणीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि गण्डक पूर्वी नहर र पश्चिम नहर पुर्णरुपमा बन्द गरिएको छ। 

गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख क्युसेक प्रतिसेकेण्ड पुग्नुलाई खतराको सूचक मानिने भएकोले ब्यारेजका सवै ढोका खुल्ला गरिएको लाईजन अफिसर थापाले बताए।

गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक भए पनि पुरानो र जीर्ण हुँदै गएकोले अहिले ४ देखि ५ लाख क्युसेक पानीको बहाव मात्र थेग्न सक्ने आंकलन गरी पानीको बहाव बढ्नासाथ ढोका खोल्ने गरीएको थापाको भनाइ छ

शीर्ष समाचार

धेरै पढिएको