March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार
KN hd tv

शशांक कोइराला कोरोनामुक्त

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला कोरोना संक्रमणबाट मुक्त भएका छन्।

कोइरालाको पछिल्लो परीक्षणमा संक्रमण नदेखिएको बताइएको छ।

भदौ २३ गते कोरोना संक्रमण देखिएपछि कोइराला होम आइसोलेसनमा थिए। होम आइसोलेसनमा रहेकै बेला ज्वरो बढेपछि भदाै ३० गते कोइराला चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा चार दिन आइसोलेसनमा रहेर उपचार गरि उनी घर फर्केका थिए।

शीर्ष समाचार

धेरै पढिएको