May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

भेटियाे नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर

काठमाडौं–लामो समयदेखि हराएको हुम्लाको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ (पिल्लर) भेटिएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए। 

अध्यक्ष लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो। हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए। ‘यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न सहज हुन्छ,’ लामाले भने, ‘यसले अहिले चीनले संरचना बनाएको लोलुङजोङ क्षेत्र कतातिर पर्छ भन्ने पनि स्पष्ट पार्नेछ।’

गाउँपालिका र जिल्ला प्रशासनले पिल्लर भेटाएपछि अव रेखाँकन गर्ने काममा प्राविधिक लागिरहेको उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको